×

किरात खालिङ राई उत्थान संघ अमेरिका साखाको कोशी प्रदेश खारेजको बिज्ञाप्ती

बैशाख १७, २०८० | दाक्सु मिडिया सम्वाददाता

वैशाख १७, काठमाडौ

किरात खालिङ राई उत्थान संघ अमेरिका साखाले १ नम्बर प्रदेशको नाम ( कोशि ) खारेज गरि सास्कृतिक र सभ्यताको आधारमा किरात प्रदेश नामाकरण गर भन्दै बिज्ञाप्ती निकालेको छ ।
चुनावको बेला १ नम्बर प्रदेशका जनताहरुसंग पाटिका नेताहरुले गरेका बाचाहरुलाई लत्याउदै जनभावना बिपरित निर्णय गरेको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।
२०७९ साल फाल्गुन १७ गतेको दिन १ न प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको थियो । कोशी प्रदेश नामाकरण गरेकै कारण पहिचानवादीहरु अहिले सम्म आन्दोलित छन ।
सरोकारवालाहरुलाई बेवास्ता गर्दै प्रदेशको नाम घोषण गरेको भन्दै किरात खालिङ उत्थान संघ (अमेरिका साखाले) घोर आपत्ति भत्सर्ना संगै पहिचानवादी आन्दोलनलाई समर्थन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: