किरात खालिङ राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित ब्याक्तित्व बिकास तथा शैक्षिक अभिमुखिकरण सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालसेमा भव्यताका साथ सम्पन्न भएको छ ।
प्रशिक्षणात्मक भेलालाई किरात खालिङ राई उत्थान संघ, केन्द्रीय कार्यसमिति काठमाडौंको अध्यक्ष श्री सीता कुमारी खालिङले प्रमुख अतिथिको आसनबाट बोल्दै सम्पूर्ण खालिङलाई एकताबद्ध गराउँदै भाषा, धर्म, संस्कृति, भेषभुषा र आफ्नो पहिचानको अस्तित्वलाई संरक्षण र सम्बद्र्धनका लागि सबै पक्षमा एकजुट हुन आह्वान गर्नुभएको थियो ।
प्रशिक्षणात्मक भेलामा प्रशिक्षकहरु नेपाल सरकारको उप सचिब कोपिला थुलुङ राई, नेपाल सरकारको अधिकृत अबिलाल राई, (शिक्षा विद एवम् सामाजिक अभियान्ता) डा. रेनुका (सोलु), भाषा तथा संस्कृति अध्यता एवम् सामाजिक अभियान्ता बिना खालिङ, पत्रकारिताकामा अहम् भूमिका निर्वाह गर्नुहुने प्रकाश खालिङ लगयातले विभिन्न विधामा प्रशिक्षण गराएको थिए । कार्यक्रमको बीच एक प्रशिक्षार्थीले शिखरसन्देश सँग कुराकानी गर्दै भने – उहाँहरुको प्रशिक्षण लिन पाउँदा अत्यन्तै खुशी लागेको छ यसले हाम्रो समुदायलाई धेरै टेवा पुग्नेछ।
सम्पन्न प्रशिक्षानात्मक कार्यक्रममा २०७९ को भित्तेपात्रो सार्वजनिक गरिनका साथै विभिन्न साँगीतिक महोलले भने अर्को खुराक पस्केको थियो । साँगीतिक कार्यक्रममा नृत्य मात्र नभएर दियालो ग्रुफबाट डम्बर सिं खालिङको नेतृत्वमा बाँसुरीको धुन र म्याक्स अफ म्युजिक घनकाएर पहुनाहरुलाई स्वागत तथा मनोरञ्जन दिलाएको थिए । कार्यक्रममा अतिथि लागायत केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु,जिल्ला कार्यसमिति काठमाडौंका पदाधिकारीहरु, जिल्ला कार्यसमितिका प्रतिनिधित्व गर्नुहुने पदाधिकारीहरु, जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय पदाधिकारीहरु, साथै प्रशिक्षार्थीहरुको वृहत उपस्थितिबीच कार्यक्रम सम्पन्न भएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्