गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक ८

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोही मृत अवस्थामा भेटिएका छन्।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार हिदेसुके तानेइशी र तेत्सु हाशिमोतोको शव शुक्रबार करिब ६ हजार ३०० मिटर उचाइमा फेला परेको हो। उनीहरू असोज २९ गतेदेखि सम्पर्कविहीन थिए। शव काठमाडौं ल्याएर परीक्षणपछि जापानी राजदूतावासको समन्वयमा परिवारलाई बुझाउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *