प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै माइतीघरमा प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २९

प्रदेशको नाम कोशी खारेज गरेर किराँत राख्न माग गर्दै प्रदर्शन भएको छ। 

काठमाडौंको माइतीघर मण्डलमा आइतबार दिउँसो विभिन्न संघ-संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभा बैठकबाट कोशी राखिएको थियो। 

नेपाल शेर्पा संघ, किराँत राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुर लगायतले कोशीको नाम खारेज गरेर किराँत राख्न माग गरेका छन्।

कोशी नाम राखेको विरोधमा कोशी प्रदेशमा पनि हड्ताल भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *