×

किरात खालिङ राई उत्थान संघको तम्रकम निर्माण सुरु

माघ १८, २०८० | दाक्सु मिडिया सम्वाददाता

किरात खालिङ राई उत्थान संघले तम्र कम निर्माण विधिगत सुरु गरेको छ । 
तारकेश्वर नगरपालिका १ मा निर्माणाधीन ख्याल तम्र कमको बिहिबार खालिङ पुर्खाहरुको हातबाट विधिगत रुपमा साइत गरी निर्माण कार्य सुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सीताकुमारी खालिङले बताइन् ।
तीन महिनाभित्र तम्र कम निर्माण सम्पन्न गरी म्योलकम सुरु गरिने अध्यक्ष खालिङले जनाए ।
कार्यक्रममा संस्थाका पदाधिकारी अमेरिका शाखाका अध्यक्ष मंकर राई र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरूको साथमा खालिङ समुदाय र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: