धनुषामा दम्पती मृत फेला, चार वर्षीय छोरा घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक ९

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन्।

माइतीमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

वैदेशिक रोजगारीबाट केही दिनअघि फर्किएका उमेश अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए। उनीहरूका चार वर्षीय छोराको तिघ्रामा पनि हतियारको चोट भेटिएको छ।

प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *