सोलुखुम्वु जिल्लाको देउसामा अन्तर-जिल्ला वडा भलिवल प्रतियोगितासँगै साँगितिक साँझ हुदै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ मंसिर २०

सोलुखुम्वु जिल्लाको देउसामा अन्तर-जिल्ला वडा भलिवल प्रतियोगितासँगै साँगितिक साँझ हुदै

  • सोलुखुम्बु
    सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका देउसामा अन्तर जिल्ला वडा स्तरिय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । यसको साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा पौष १,२,३ र ४ गते सांगितिक साँझ २०७८ हुने समेत आयोजकले जानकारी गराएको छ ।
    कार्यक्रममा महिला तथा पुरुष भलिवल प्रतियोगिता , देउसा गायन स्टार , देउसा डान्स आइडलका साथै स्थानिय झाँकी प्रदर्शनको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्वारा सांगितिक नृत्य प्रस्तुत गरिनेछ ।
    योङ कम्युनिष्ट लिग नेपाल वडा कमिटि र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देउसाले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गर्नेछ।
    नृत्य र गायन तर्फ पुरस्कार राशि १५/१०/५/२ हजारको साथमा ट्रफि मेडल र सबै सबै सहभागीलाइ प्रमाण पत्र वितरण गरिनेछ । त्यस्तै देउसा गायान स्टार र देउसा नित्य स्टारतर्फलाइ सम्मान स्वरुपको पुरस्कार राशि रू १५, १० , ५ र २ हजार राखिएको छ ।
    प्रतियोगिताको सहभागी शुल्क रू १००० राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *