|
२०८३ आश्विन १८
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आगामी महाधिवेशनमा उपसभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीको संख्या बढाउने गरी विधान संशोधन गर्ने तयारी गरिरहेको छ। उपसभापतिको संख्या तीन पुर्याउने निर्णय भए आङ्देम्बेले त्यसैमध्ये एक पदमा उम्मेदवारी दिने उनीनिकट स्रोतले जनाएको छ।
यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका आङ्देम्बे अहिले कांग्रेस संसदीय दलको नेता छन्। संसदीय दलको नेतृत्वमा पुगेपछि उनको महाधिवेशनमा उम्मेदवारीबारे चासो बढिरहेका बेला उपसभापतिमा उठ्ने तयारी सार्वजनिक भएको हो।
हाल कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्