|
२०७८ मंसिर २९
सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालीका ७ माओवादी केन्द्र वाइसीएल र अनेरास्ववियु क्रान्तिकारी देउसाको संयुक्त आयोजनामा पौष १ देखि ४ गते सम्म हुने देउसा गायन स्टार,नृत्य प्रतियोगिता नयाँ संरचना अनुसार महिला तथा पुरुष खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दिपक किरातीले दाक्सु मिडिया लाई जानकारी दिनुभयो।
कार्यक्रम अन्तिम चरणमा पुगे संगै अहिले सम्म पुरुष भलिबल तर्फ २२ टिम र महिला तर्फ १२ टीमले दर्ता गरिसकेको र भोलि बिहान ८ बजे चिट्ठा हुने समय सम्म अन्य छुटेका टिमले दर्ता गराउन पनि आग्रह गरे गायन र नृत्यको पनि दर्ता भैरहेको किरातीले जानकारी दिए।
चिट्ठा कार्यक्रम लगत्तै कार्यक्रमको उद्घाटन सोलुखुम्बु जिल्लाका माननीय हेमकुमार राई (सुरबिर)बाट हुनेछ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्