सोलुखुम्बु ः थुलुङ दुधकोशी गाउँपालिकामा आज बिहिबारदेखि छैटौँ अध्यक्ष रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रमुख अतिथि कोशी प्रदेश सांसद गोम्बु कज्र्याङ शेर्पा, जिल्ला समन्वय समितिको प्रमुख कृष्णा प्रसाद निरौला, प्रमुख जिल्ला अिधाकरी, सुरक्षाकर्मी अन्य गाउँपालिकाको जनप्रतिनिधीलगयातको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता थुलुङ दुधकोशी गाउँपालिका मुक्ली प्राङगणमा भइरहेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाउदै छन्, भने अध्यक्ष कपका लागि संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहको सहभागीता हुनेछ ।
जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार, ५० हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र प्रदान गरिने छ । खुल्ला महिला तथा पुरुष डबल व्याटमिन्टन प्रतियोगिता तर्फ प्रथम,द्धितिय, तृतियलाई क्रमशः १८ हजार, १४ हजार,र १० हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त कार्यक्रममा कृषि मेला प्रदर्शन गरिनुका साथै स्थानिय खानाको परिकार समेत प्रदर्शन गरिएको छ । कार्यक्रममा भव्य सांगितिक साँझको समेत आयोजना गरिएको छ । सांगितिक कार्यक्रमको लागि स्थानिय कलाकारको साथमा ख्याती प्राप्त गायक शिव परियार,कुमार प्रयास, आउने छन् । कार्यक्रम पौष २९ गते सम्म जारी रहने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया