सोलुखुम्बु । युवा कम्युनिस्ट लिग वाइसियल नेपाल, थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाले विजया दशमी र शुभ दीपावलीको अवसरमा कार्यक्रम गर्ने भएको छ । महिला भलिबल, पुरुष भलिबल, एकल नृत्य, ट्र्याक गायन प्रतियोगिता साथै भाग्यशाली चिठ्ठा र भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
कार्यक्रम असोज ९ गतेबाट सुरु हुने आयोजक समितिले जनाएको छ । कार्यक्रमको टिम दर्ता असोज ७ गते साँझ ५ बजेसम्म हुने छ भने उद्घाटन असोज ९ गते बिहान १० बजे हुनेछ। कार्यक्रम असोज ११ गतेसम्म सञ्चालन हुनेछ। भलिबल खेलको लागि टिम दर्ता शुल्क ४ हजार ५ रुपैँया, एकल नृत्य तथा ट्रयाक गायनको लागि ५ सय रुपैँया तोकिएको छ ।
यस्तै, भलिबल खेलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः ४० हजार १ सय, ३० हजार १ सय र २० हजार १ सयको साथमा ट्रफि, मेडल प्रमाणपत्र वितरण गरिनेछ । एकल नृत्य तथा ट्रयाक गायनतर्फ क्रमशः ७ हजार, ५ हजार र ३ हजारको साथमा ट्रफि, मेडल, प्रमाणपत्र वितरण गरिनेछ ।
सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ५ सेकेन्ड रनर अफ कुमार प्रयास राई तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्