पुलिसलाई मदन भण्डारी कपको उपाधि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १८

बुटवल । नेपाल पुलिस क्लबले दोस्रो मदन भण्डारी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

हिजो शनिबार भएको फाइनलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा हरायो। पुलिसले २५–२३, २५–२३ र २५–२२ को जित निकालेको हो।

उपाधिसँगै पुलिसले ७ लाख रुपैयाँ प्राप्त गर्दा सभापोखरीले ३ लाख ५० हजार रुपैयाँ पाएको छ। पुलिसका पहल गहतराज सर्वोत्कृष्ट खेलाडी घोषित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *