|
२०८३ आश्विन १८
काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूसँग आज छलफल गर्दैछन्।संसदीय दलको बैठकका लागि एमालेका सबै सांसदलाई दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बोलाइएको छ।
बैठकमा पछिल्लो संसद् अधिवेशनमा एमालेले खेलेको भूमिकाको समीक्षा गरिनेछ। साथै, आगामी दिनमा संसद् र राजनीतिक गतिविधिमा सांसद तथा पार्टी नेताहरूले अपनाउनुपर्ने रणनीतिबारे अध्यक्ष ओलीले निर्देशन दिने तयारी छ।
संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बैठकमा विगतका कामको समीक्षा गर्दै अबको भूमिकाबारे समेत छलफल हुनेछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्