
काठमाडौँ । कोशी प्रदेश भलिवल संघको आयोजनामा आगामी असार २ गतेदेखि ८ गतेसम्म झापाको दमकस्थित हिमावि भलिवल प्रशिक्षण केन्द्रमा सात दिने आधारभूत भलिवल प्रशिक्षक प्रशिक्षण तालिम हुने भएको छ।
तालिमका लागि प्रदेशभरिका इच्छुक पूर्व खेलाडीले असार १ गतेभित्र जिल्ला भलिवल संघको सिफारिससहित आवेदन दिन सक्ने छन्।
प्रत्येक जिल्लाबाट ७ जनासम्म प्रशिक्षार्थी सहभागी गराइनेछ। २८ देखि ४० वर्ष उमेर समूहका, कम्तीमा कक्षा १२ उत्तीर्ण तथा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडी योग्य ठहरिनेछन्।
प्रशिक्षणका सहभागीलाई टिसर्ट, स्टेसनरी, खाजा र प्रमाणपत्र प्रदान गरिनेछ। तालिम दर्ता शुल्क रु ७,५०० तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया