
सोलुखुम्बु : सोताङ गाउँपालिकामा तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगीताको साथै खुला डबल पुरुष व्याटमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । उक्त प्रतियोगिता यही माघ १५ गतेदेखि सुरु हुनेछ ।
खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानिय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको उत्पादनमा विशेष टेवा पुर्याउने उद्धेश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिता वीरेन्द्र ज्योति माध्यामिक विद्यालयको प्रगणमा हुनेछ । तेस्रो अध्यक्ष कप सोलुखुम्बु स्तरीय अन्तर पुरुष तथा महिला भलिबल, खुला डबल पुरुष व्याटमिन्टन प्रतियोगिता, राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विभिन्न खेलको साथमा सांगितिक साँझको समेत आयोजना गरिएको छ । प्रतियोगितामा पुरुष भलिवल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश : ७५ हजार, ५० हजार, ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र गरि प्रदान गरिने छ ।
यस्तै महिला भलिवल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई ४० हजार, ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खुला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश : २० हजार, १५ हजार र ७/७ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया