आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, खुलामञ्चमा उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्। असोज १९ र २० गते बन्दसत्रपछि २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।

महाधिवेशनस्थलमा स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क र दुई एम्बुलेन्सको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *