|
२०८३ आश्विन १८
पाँचथर : भोटेकोशी बाढीपीडितका लागि पाँचथरको फिदिम नगरपालिकाले ४७ लाख ४९ हजार रुपैयाँ सहयोग गरेको छ।
नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए।
नगरपालिकाले विपद्को समयमा राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्