मन्त्रीपरिषद् बिस्तार गर्ने प्रधानमन्त्री सुशीला कार्कीको तयारी, बालानन्द शर्मा मन्त्री बन्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरेकी छिन् । सरकार बनेको करिब चार महिनामा परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री बनाउने तयारी भइरहेको छ। उनलाई आज दिउँसो २ बजे शपथ गराउने जानकारी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार शपथका लागि कार्यालय तयार छ । तर, अहिलेसम्म नियुक्त गरिएको आधिकारिक पत्र भने प्राप्त भइसकेको छैन ।

उनलाई रक्षा र परराष्ट्रको जिम्मेवारी दिनेगरी कुरा भइरहेको छ । अहिलेसम्म यी दुवै मन्त्रालय प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी छिन्। शर्मा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकू समायोजन गर्ने विशेष समितिको सचिवालय संयोजकका रुपमा काम गरेका थिए ।

तत्कालीन केपी शर्मा ओलीको सरकार हुँदा कोभिड–१९ को महामारीको बेलामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पाएका थिए । पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *