सुदन गुरुङ समूहद्वारा बालुवाटारमा नाराबाजी, प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

३० भदौ, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आफूखुसी मन्त्री नियुक्त गरेको भन्दै सुदन गुरुङ नेतृत्वको समूहले बालुवाटारमा नाराबाजी गर्दै राजीनामा माग गरेका छन्।


गृह, अर्थ र ऊर्जा मन्त्रालयमा सल्लाहबिना नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाउँदै समूहले आइतबार मध्यराति बालुवाटारस्थित तीन नम्बर गेटअगाडि प्रदर्शन गरेका थिए।


गृहमन्त्रीमा नियुक्त ओमप्रकाश अर्यालप्रति विशेष आक्रोश व्यक्त गर्दै सुदनले सरकारलाई आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।
प्रदर्शनपछि बालुवाटार क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *