|
२०८३ श्रावण २७
चितवन — मानव बस्ती तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय आसपास देखिएका चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले थर्मल ड्रोनसहित विभिन्न उपकरण प्रयोग गरेको छ।
वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले चितुवाको निगरानी गर्न पाँच स्थानमा सिसीक्यामेरा तथा विभिन्न क्षेत्रमा खोर र खुट्टा ट्यापिङ राखेको छ। दुई महिनादेखि उक्त क्षेत्रमा चितुवा देखिँदै आएको अधिकारीहरूले बताएका छन्।
यसक्रममा भरतपुर–१५ बाट एउटा बच्चा चितुवा नियन्त्रणमा लिएर संरक्षण कोषमा राखिएको छ। अहिले क्षेत्रमा माउ र अर्को बच्चा चितुवा रहेको अनुमान गर्दै टोलीले खोजी तथा अनुगमनलाई निरन्तरता दिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्