प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा बिहीबार सम्बोधन, निर्वाचन घोषणापछि पहिलो सम्बोधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रलाई पहिलोपटक सम्बोधन गर्न लागेकी उनको सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

गत २७ भदौमा जेनजीहरूको विरोध प्रदर्शनपछिको राजनीतिक दबाबबीच प्रधानमन्त्री बनेकी कार्कीले आफ्नो नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा आम निर्वाचनको घोषणा गरिसकेकी छिन् । यस्तो परिस्थितिमा राष्ट्रको नाममा हुन लागेको सम्बोधनप्रति राजनीतिक वृत्तमा चासो बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *