|
२०८३ श्रावण २७
जनकपुरधाम — पर्सा राष्ट्रिय निकुञ्जले बाघको सङ्ख्या बढेसँगै मानव र बाघबीच सहअस्तित्व कायम गर्न ‘बाघ मित्र’ अभियान विस्तार गर्ने भएको छ।
हालैको गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेको छ। यसअघि ४१ बाघ रहेकामा ३० वटा थपिएको निकुञ्जले जनाएको छ।
अभियानमार्फत पर्सा, बारा र मकवानपुरका स्थानीय समुदायलाई बाघको संरक्षण, वन्यजन्तुबाट जोगिने उपाय तथा क्षति भएमा राहत प्राप्त गर्ने प्रक्रियाबारे सचेत गराइनेछ। मानव–वन्यजन्तु द्वन्द्व घटाउँदै बाघ संरक्षण र पर्यापर्यटन प्रवर्द्धन गर्ने अभियानको उद्देश्य रहेको निकुञ्जले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्