भेडेटारको स्काइवाकमा दुई वर्षमै तीन लाखभन्दा बढी पर्यटक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २७

धनकुटा — धनकुटाको भेडेटारमा रहेको ‘स्काइवाक’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। पारदर्शी सिसामा हिँड्दै पहाड, तराई र हिमालको दृश्य हेर्न सकिने भएकाले यहाँ दैनिक ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्।

सञ्चालकका अनुसार दुई वर्षको अवधिमा तीन लाख नौ हजारभन्दा बढीले स्काइवाक अवलोकन गरेका छन्। तीमध्ये करिब ३५ प्रतिशत भारतीय पर्यटक छन्।

स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक गतिविधि सञ्चालनमा छन्। आगामी दिनमा जिपलाइन, स्काइ साइक्लिङ तथा बाल उद्यान थप्ने योजना रहेको सञ्चालकले बताएका छन्। स्थानीय व्यवसायीले स्काइवाकका कारण भेडेटारको होटल तथा व्यापार व्यवसायसमेत चलायमान बनेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *