|
२०८३ श्रावण २७
काठमाडौं — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सञ्चालनमा रहेका उद्योग बन्द हुने अवस्था आउनुको कारण सरकारले पहिचान गर्नुपर्ने बताएका छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत हेटौँडा र उदयपुर सिमेन्ट उद्योगको अवस्था सुधार्न सरकारको ध्यानाकर्षण गराएका हुन्। निजी क्षेत्रका उद्योग नाफामा चलिरहँदा सरकारी उद्योग घाटामा जानुको कारण नेतृत्व र व्यवस्थापनसँग जोडिएको उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणको उदाहरण दिँदै उनले प्रभावकारी व्यवस्थापनबाट सरकारी संस्था पनि नाफामा सञ्चालन गर्न सकिने बताए। बन्द उद्योग खोल्नुका साथै सञ्चालनमा रहेका उद्योगलाई टिकाएर नाफामा लैजान सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्