संवैधानिक नियुक्ति अघि बढाउने प्रधानमन्त्री सुशीला कार्कीको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७

काठमाण्डौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक नियुक्ति अघि बढाउने तयारी गरेकी छिन् ।

उनले निर्वाचन आयुक्तमा रिक्त प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त हुन लागेको आयुक्त पदमा नियुक्तिबारे छलफल अघि बढाएकी हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले तिहारलगत्तै संवैधानिक परिषद्को बैठक राख्ने तयारी गरेकी छिन् । निर्वाचन आयोगमा हाल ३ जना मात्र आयुक्त रहेका छन् ।अख्तियारका आयुक्त किशोर सिलवालले उमेर हदका कारण छिट्टै अवकाश पाउँदैछन् ।

जेनजी आन्दोलनको माग नै भ्रष्टाचार छानबिन नभएकाले अख्तियारमा आयुक्त पद रिक्त राख्न नसकिने प्रधानमन्त्री कार्कीले बताउने गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *