सुशीला कार्की प्रधानमन्त्री बन्ने तयारी, प्रतिनिधिसभा विघटनमा सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमतिसँगै प्रतिनिधिसभा विघटनको तयारी अन्तिम चरणमा पुगेको छ।

शुक्रबार दिनभर चलेको राजनीतिक छलफलपछि प्रमुख दलहरूबीच प्रतिनिधिसभा विघटन गर्ने र त्यसपछि कार्कीलाई सरकार प्रमुख बनाउने सहमति जुटेको हो।

शीतलनिवास स्रोतका अनुसार, राष्ट्रपतिले जनदबाब तथा आन्दोलनरत युवाहरूको चेतावनीपछि दलहरूसँगको परामर्शमा प्रतिनिधिसभा विघटनको निर्णयमा सहमति जनाएका हुन्।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णय र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने मस्यौदा तयार पारिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *