धानखेतीको समयमा मलको अभाव, डिएपी आपूर्ति कमजोर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २७

धनगढी — सुदूरपश्चिममा धानखेतीका लागि मलको माग बढे पनि आवश्यकताअनुसार आपूर्ति हुन सकेको छैन। कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले साउन १ देखि २६ गतेसम्म १ हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ।

हाल कम्पनीसँग ११०.२५ मेट्रिक टन युरिया र ३१ मेट्रिक टन डिएपी मौज्दात छ। आवश्यक कोटाको तुलनामा युरियाको उपलब्धता करिब ७२ प्रतिशत पुगे पनि डिएपी भने करिब १७ प्रतिशत मात्र रहेको छ।

मलको माग उच्च रहेको समयमा डिएपीको आपूर्ति कम हुँदा किसानलाई समस्या भइरहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *