|
२०८३ श्रावण १०
काठमाडौं, श्रावण १० — काठमाडौं उपत्यकामा अत्यधिक आवाज निकाल्ने गरी मोटरसाइकल परिमार्जन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ। विशेष अभियानअन्तर्गत हालसम्म १ हजार ३७१ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साइलेन्सर परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने, स्टन्ट प्रदर्शन गर्ने तथा सार्वजनिक सडकमा होहल्ला गर्ने चालकलाई जरिवानासहित कानुनी कारबाही गरिएको हो।
ट्राफिक प्रहरीले यस्ता गतिविधिले सर्वसाधारणको शान्ति, सडक सुरक्षा र आवागमनमा असर पुर्याउने भएकाले नियमविपरीत सवारी सञ्चालन गर्नेहरूमाथि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्