२४ घण्टामा १८ सयभन्दा बढी चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १०

काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८४१ चालकलाई कारबाही गरेको छ। कारबाहीबाट ४ लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।

ट्राफिक जाँचका क्रममा मापसे, रातोबत्ती उल्लङ्घन, तीव्र गति, लेन मिच्ने, फुटपाथ प्रयोग, हर्न निषेध उल्लङ्घन तथा एकतर्फी सडकमा सवारी चलाउने चालकहरू कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधि देखिएमा प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक कन्ट्रोल रूम १०३ मा जानकारी गराउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *