ट्राफिक नियम तोड्ने ५२१ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५२१ जना सवारीचालक कारबाहीमा परेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने ३०, तीव्र गतिमा सवारी चलाउने ६६ र सवारी संकेत उल्लङ्घन गर्ने २६ चालक कारबाहीमा परेका हुन्। यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने, फुटपाथ पार्किङ गर्ने तथा अन्य नियम मिच्ने चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो अवधिमा सवारी नियम पालना गराउन निगरानी अझ कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *