|
२०८३ जेष्ठ १५
काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९५७ चालकलाई कारबाही गरेको जनाएको छ। कारबाहीबाट १० लाख ७८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ट्राफिक बत्ती नमानेर यात्रा गर्ने, तीव्र गति तथा अव्यवस्थित पार्किङ गर्ने चालकहरू बढी कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक अनुशासन पालना गर्न चालकलाई आग्रह समेत गरेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्