|
२०८३ आश्विन २६
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा २०७८ सालदेखि खटिँदै आएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको छ। सोमबारदेखि लागू हुने गरी सुरक्षाकर्मी हटाइएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताएका छन्।
यसअघि कार्यालयमा पाँच जना सशस्त्र प्रहरी चौबीसै घण्टा तैनाथ रहने व्यवस्था थियो। आइतबारसम्म नियमित ड्युटीमा रहेको टोली सोमबारदेखि त्यहाँ छैन।
एमाले मुख्यालयबाट सुरक्षाकर्मी हटाउने निर्णयसँगै कार्यालयको सुरक्षा व्यवस्थामा परिवर्तन आएको छ। यद्यपि, टोली फिर्ता गर्नुको कारणबारे सार्वजनिक विवरणमा खुलाइएको छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्