चर्को आवाज गर्ने बाइकमाथि ट्राफिकको कडा निगरानी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौँ, असार ६ — काठमाडौँ उपत्यकामा अत्यधिक ध्वनि निकाल्ने तथा अवैध रूपमा परिमार्जन गरिएका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ। यस अभियानअन्तर्गत हालसम्म एक हजार ३२९ मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जनाइएको छ।

ट्राफिक प्रहरीका अनुसार सडकमा अनावश्यक हल्ला र ध्वनि प्रदूषण बढाउने गतिविधि रोक्न विशेष अनुगमन सञ्चालन गरिएको हो। चर्को आवाज निकाल्ने साइलेंसर तथा अन्य मोडिफिकेसन प्रयोग गर्ने सवारीसाधनलाई लक्षित गर्दै अभियान निरन्तर जारी रहने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *