|
२०८३ असार २
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २९९ सवारीचालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। कारबाहीबाट सरकारले २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ।
कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा नियमविपरीत राइड सेयरिङ गर्ने चालकहरू परेका छन्। साथै लेन अनुशासन नमानेका, निषेधित क्षेत्रमा हर्न बजाएका, सडकपेटीमा पार्किङ गरेका र एकतर्फी सडकमा सवारी चलाएका चालकलाई पनि जरिवाना गरिएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र नियमपालनमा थप कडाइ गरिने जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्