|
२०८३ असार ३
काठमाडौँ, असार ३ — उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार पाँच सयभन्दा बढी सवारीचालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। ट्राफिक प्रहरीको सक्रिय अनुगमनका क्रममा विभिन्न प्रकारका नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीको दायरामा परेका हुन्।
कारबाहीबाट राज्यकोषमा करिब २० लाख रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ट्राफिक बत्ती उल्लङ्घन गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा लेन अनुशासन नमानेका चालकहरू बढी कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नियम पालना गर्न र जिम्मेवार ढङ्गले सवारी चलाउन सबै चालकलाई आग्रह गरेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्