|
२०८३ आश्विन २६
काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि दबाब बढिरहेका बेला उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्य प्रहरी नियन्त्रणमा परेका छन्। खैबर पख्तुनख्वा प्रान्तमा आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रहरीले पार्टीका सदस्यहरूलाई हिरासतमा लिएको हो।
प्रदर्शनसँगै सुरक्षा अवस्था तनावपूर्ण बनेपछि सरकारले उक्त प्रान्तमा आपत्कालीन शासन लागू गरेको छ। पीटीआईले यसलाई लोकतान्त्रिक व्यवस्थामाथिको हस्तक्षेप भन्दै विरोध जनाएको छ। सरकारले भने प्रान्तीय नेतृत्वले बढ्दो सुरक्षा चुनौती नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ।
यसैबीच, पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई समेत पक्राउ गरिएको जनाएको छ। सन् २०२३ अगस्टदेखि जेलमा रहेका इमरान खानले आफूविरुद्धका आरोप राजनीतिक प्रतिशोधका कारण लगाइएको बताउँदै आएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्