एमालेकै बाटोमा नहिँड्न कांग्रेसलाई जेनजी अगुवा रक्षा बमको सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसलाई नेकपा एमालेको बाटोमा नहिँड्न र यथास्थितिवादमा नफस्न सुझाव दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘आदरणीय कांग्रेसीजन’ भन्दै एक खुल्ला पत्र लेखेर उनले कांग्रेसभित्र चलिरहेको महाधिवेशन केन्द्रित बहसप्रति आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले नियमित महाधिवेशनको पक्षमा उभिनु भनेको हालैको आन्दोलन र परिवर्तनको चाहनालाई अस्वीकार गर्नु भएको बताएकी छन् । बमले नेपाली राजनीतिमा ‘नियमिततामा ब्रेक’ भदौ २३ गते नै लागिसकेको दाबी गरेकी छन् ।

कांग्रेसका गृहमन्त्री सम्मिलित तत्कालीन सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको घटनालाई स्मरण गराउँदै उनले राजनीति अब सामान्य अवस्थाभन्दा धेरै पर पुगिसकेको बताएकी छन्। भदौ २३ को घटना लामो समयदेखिको राज्यको बेथिति, अकर्मण्यता र निराशाको परिणाम भएको र त्यसमा कांग्रेस पनि हिस्सेदार रहेको उनको आरोप छ ।

अहिले कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद भइरहेको सन्दर्भमा बमले विशेष महाधिवेशनको पक्षमा वकालत गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *