जेनजी आन्दोलनमा घुसपैठ भएको जेनजी अगुवा सुदनको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले बुधबार सरकार र जेनजी समूहबिच भएको सम्झौता वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् ।

गुरुङले हिजोको कार्यक्रममा सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य समयमा नेपालमै नरहेको बताएका छन् । उनका अनुसार गत भदौ २३ मा जेनजी आन्दोलन चलिरहँदा सोडारी कोरियामा थिए । उनी आन्दोलन भएको करिब ४० दिनपछि अर्थात् १८ अक्टोबरमा मात्र नेपाल फर्किएको गुरुङको दाबी छ ।

बुधबारको वार्ताका क्रममा सोडारीले सरकारसँग भएको सम्झौता जेनजीको हितमा नभएको भन्दै उक्त पत्र च्यातेपछि कार्यक्रमस्थलमा केहीबेर तनाव सिर्जना भएको थियो । अगुवा गुरुङको यो अभिव्यक्तिले आन्दोलनकारीबिचको विवाद र घुसपैठको आशंकालाई थप बल पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *