|
२०८३ आश्विन १९
तेह्रथुम । आठराई गाउँपालिकाले स्थानीयको सहज आवागमनका लागि सक्रान्ति बजारदेखि पाँचथरको फिदिमसम्म दैनिक नगर बस सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले ६० लाख रुपैयाँ बजेट छुट्याएर सुरु गरेको बस सेवा शनिबारदेखि सञ्चालनमा आएको हो।
करिब ३५ किलोमिटर दूरीको यात्राका लागि २०० रुपैयाँ भाडा निर्धारण गरिएको छ। बस बिहान ८ बजे सक्रान्तिबाट फिदिमतर्फ जाने र दिउँसो ३ बजे फिदिमबाट फर्किनेछ।
७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र विद्यार्थीलाई निःशुल्क तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्