विदेशी पर्यटकको रोजाइमा फेरि एबिसी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १९

कास्की । केही समय सुनसान बनेको अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा अहिले विदेशी पर्यटकको चहलपहल बढेको छ। वर्षा, बाढी र पहिरोका कारण रोकिएको पदयात्रा मौसम खुलेपछि पुनः लयमा फर्किएको हो।

पछिल्ला दिनमा दैनिक करिब ३०० पर्यटक एबिसी पुग्न थालेका छन्। सडक तथा पदमार्ग सञ्चालनमा आएपछि यात्रा सहज बनेको पर्यटन व्यवसायीले बताएका छन्।

मनाङ र मनास्लुका केही पदमार्ग अझै प्रभावित रहेकाले पर्यटकले एबिसीलाई वैकल्पिक गन्तव्य बनाएका छन्। यहाँ अहिले ६ वटा होटल तथा लज सञ्चालनमा छन्।

समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको एबिसीबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकको स्वास्थ्य सुरक्षाका लागि माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *