काठमाडौं – जेनजी अभियन्ता रक्षा बमले नागरिक सरकारमा नातावाद र कृपावाद बढेको आरोप लगाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठको पदमुक्ति र पारिवारिक नियुक्ति तुरुन्त खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन् कि जेनजी विद्रोहको मूल उद्देश्य मात्र भ्रष्टाचारविरुद्ध होइन, नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध पनि थियो। तर प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नी श्रीमतीसहित अन्य नातेदारलाई नियुक्ति गरेर नैतिक भ्रष्टाचार गरेका आरोप उनमाथि लागेको छ।
रक्षा बमले नागरिक सरकारलाई चेतावनी दिँदै भनेकी छन् कि संवेदनशील समयमा बनेको सरकार व्यक्तिगत स्वार्थमा नफसून् र पारदर्शिता तथा जवाफदेहिता कायम रहोस्।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले गत असोज २ गते आफ्नी पत्नी संगीता श्रेष्ठलाई स्वकीय सहसचिव पदमा नियुक्त गरेका थिए। सोही दिन उनले अन्य नातेदार कमला श्रेष्ठ, पुनम श्रेष्ठ र रविना श्रेष्ठलाई पनि प्रशासन सहायकमा नियुक्त गरेका थिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्