मर्मतका लागि मनकामना केबलकार एकदिन बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १९

चितवन । मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ। चाडपर्व सुरु हुनुअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा रोक्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

कम्पनीका अनुसार केबलकारको सेवा सुरक्षित र व्यवस्थित बनाउन नियमित तालिकाअनुसार मर्मतको काम गर्न लागिएको हो। यात्रु तथा दर्शनार्थीलाई सेवा बन्द रहनेबारे जानकारी गराउँदै कम्पनीले त्यसपछि भने सेवा नियमित सञ्चालन हुने जनाएको छ।

मर्मतसम्भारको काम सकिएपछि २१ असोज बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ। दसैँको समयमा मनकामना मन्दिरमा दर्शन गर्ने तथा घुमफिरका लागि जाने यात्रुको चाप बढ्ने भएकाले त्यसअघि नै आवश्यक प्राविधिक काम पूरा गर्न लागिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *