केपी ओलीलाई पहिलो कारबाही हुनुपर्छ : रक्षा बम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

काठमाडौं । जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले भ्रष्टाचार र विभिन्न काण्डमा संलग्न नेताहरुलाई कडाइका साथ कारबाही गर्नुपर्ने माग गरेकी छन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास काण्ड लगायतमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन्।

रक्षा बमले विशेषगरी जेन-जी आन्दोलनमा आफ्ना साथीमाथि गोली हानेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो कारबाही गर्नुपर्ने आग्रह गरिन्। उनले ओलीलाई अब कुनै नेतृत्वमा देख्न नचाहेको पनि स्पष्ट पारेकी छन्।

साथै, पाका नेताले नेतृत्व छाड्नुपर्ने र पार्टीभित्र दोषीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *