×

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच के भयो कुराकानी ?

जेष्ठ २१, २०८१ | दाक्सु मिडिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताएका छन् ।

उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । राष्ट्रिय मुद्दाहरुमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’ त्यस्तै संसदलाई प्रभावकारी बनाउँदै लैजाने, सहकारी प्रकरणमा गठन भएको संसदीय छानबिन समितिलगायतका विषयमा पनि छलफल भएको बुझिएको छ । त्यसअघि प्रधानमन्त्री दाहालले सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि विभिन्न विषयमा छलफल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: