काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा, गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान साढे १० बजेपछि उनीहरुवीच भेटवार्ता भएको छ ।
एमाले विभाजन गरेर माधव नेपालले नयाँ दल बनाएपछि सत्ता गठबन्धनका नेताहरुबीच पहिलो पटक छलफल भएको हो ।
भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।
बुधवार नयाँ दल दर्ताको निवेदन दिएको नेपाल पक्षले दल दर्ताको प्रमाणपत्र पाएपछि सरकारमा सहभागी हुने जनाएको छ ।
नेपाल पक्षलाई सरकारमा सहभागी गराउन भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया