प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ४

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ । 

दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेलगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् । दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *