×

बालुवाटारमा माओवादी धारका पार्टीको बैठकमा के-के भयो कुराकानी?

फाल्गुन २३, २०७९ | दाक्सु मिडिया

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका पार्टीहरूको बैठक सकिएको छ।

एक घन्टाभन्दा बढी चलेको बैठकमा माओवादी सशस्त्र द्वन्द्वका बेलाका मुद्दाहरूलाई अदालतबाट उठाउन थालिएको विषयमा छलफल भएको छ।

‘जनयुद्धका क्रममा घटेका घटनाहरूलाई विस्तृत शान्ति सम्झौताविपरीत अदालतबाट उठाउन थालिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी सबै घटकहरू यसविरूद्ध एक भएर संघर्ष गर्ने विषयमा छलफल भयो,’ बैठकमा सहभागी नेता जागृत रायमाझीले भने,‘नेताहरूले हाम्रा बीचमा अरू धेरै विषय निर्मम समीक्षा गर्न बाँकी छ तर यो विषयमा हामी एक भएर जानुपर्छ भन्नुभयो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: