सुदेश खालिङ पुनः एभरेष्ट बैंकको सिइओ नियुक्त, दोस्रो कार्यकालको सुरुवात

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङलाई बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ। आइतबार बसेको बैठकले उनलाई आगामी ४ वर्षको कार्यकालका लागि सिइओको जिम्मेवारी सुम्पन निर्णय गरेको हो। यस नयाँ कार्यकालको शुरुवात असोज ८ गतेदेखि हुनेछ।

को हुन् सुदेश खालिङ?

सुदेश खालिङ एक अनुभवी नेपाली बैंकिङ व्यवसायी हुन्, जसले स्ट्याण्डर्ड चार्टर, सिटिजन्स, र लक्ष्मी बैंक जस्ता प्रतिष्ठित संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव भएका खालिङले विशेषगरी रणनीतिक योजना, जोखिम व्यवस्थापन, र ग्राहक सेवा सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्।

उनको कार्यक्षेत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा लक्ष्मी बैंकका सिइओको भूमिका रहेका खालिङ एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त हुनुअघि पनि बैंकिङ क्षेत्रमा ख्याति कमाइसकेका थिए।

एभरेष्ट बैंकमा पहिलो नेपाली सिइओ

एभरेष्ट बैंकका लागि खालिङको नियुक्ति ऐतिहासिक रहेको छ। बैंकको २५ वर्षे इतिहासमा पहिलो पटक नेपाली नागरिक सिइओ नियुक्त भएका छन्। यसअघि, बैंकको प्रमुख कार्यकारी अधिकृतको पद भारतीय नागरिकले सम्हाल्दै आएका थिए। २०७७ चैतमा गजेन्द्रकुमार नेगीको बिदाइसँगै खालिङले पहिलो नेपाली सिइओको रूपमा इतिहास रचेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *