एभरेष्ट बैंकको लगानीकर्तालाई खुसीको खबर, २० प्रतिशत लाभांश घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को लागि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

बोनस शेयर वितरणसँगै बैंकको पुँजी थप बलियो हुने विश्वास गरिएको छ भने नगद लाभांशले लगानीकर्तालाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताहरूलाई वितरण गरिनेछ।

लगातार सुधारिएको वित्तीय प्रदर्शन र स्थायित्वको संकेतस्वरूप बैंकले यस पटकको लाभांश प्रस्ताव गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *