५२ अंकले नेप्सेमा गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मङ्गलबार प्रस्तुत गरेको विज्ञप्तिको प्रभाव सेयर बजारमा देखिएको छ ।

नेप्सेका सूचिकृत ५१ कम्पनीको सेयर मूल्यमा जोखिम भएको भन्दै सेयरमा कर्नरिङ, सर्कुलर ट्रेडिङ  र इन्साइडर ट्रेडिङको अध्ययन गर्नका लागि ति ५१ कम्पनीको विवरण नेपाल धितोपत्र बोर्डले सर्वजनिक गरेको थियो ।

आज सेयर बजार परिसूचक नेप्से ५२.३९ अंकले घट्दा २९६९.७२ अंकमा बन्द भएको छ । मंगलबार ३०२२.११ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै २९८९.५५ अंकमा बन्द भएको थियो ।

बजार परिसूचक सँगै सेयर बजारमा कारोबार रकम पनि केही मात्रामा घटेको पाइएको छ । मंगलबार १६ अर्ब माथिको कारोबार भएको बजारमा आज करिब साढे १५ अर्बको कारोबार भएको छ । नेप्सेमा आज २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजारको कारोबार भएको छ ।

आज कारोबारमा आएको ४९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३३ कम्पनीको मूल्य घटेको छ । १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज नेप्सेमा कारोबार भएको ११ कम्पनीको मूल्य घटेर सर्किट लेभलमा बन्द भएको छ । जसमध्ये १० वटा मंगलबार नेपाल धितोपत्र बोर्ड जोखिमको सूचिमा राखेको कम्पनी रहेको छन् । बोर्ड जोखिम रहेको भनेको सबैजसो कम्पनीको सेयरमूल्य घटेको छ । सेयर मूल्य धेरै घट्नेमा हाइड्रोपावर र वित्त कम्पनी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *